नुवाकोटकाे तारकेश्वर – २ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


करण तामाङ  नुवाकोट ,नुवाकोटकाे तारकेश्वर गाउँपालिका वडा न २ तारुकामा शनिबार निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

महारुद्र युवा क्लब, लियाे क्लब अफ नुवाकोट पराेपकार , लियाे क्लब अफ काठमाडौ पराेपकार, शुभविहानी युवा क्लब लगायतका संस्थाहरुकाे संयुक्त सक्रियतामा शिविर सञ्चालन भएको थियाे । शिविरमा स्त्री राेग , हाडजाेर्नी , मुटुराेग लगायतका दर्जनाैँँ राेगहरुकाे परिक्षण तथा उपचार भएको छ । शिविरमा सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोमा स्थानियहरुले खुसी व्यक्त गरेको लियो क्लक अफ नुवाकोट पराेपाेकारका सचिव भिमसेन दहाल र शुभविहानी युवा क्लबका अध्यक्ष टिकराम तामाङले जानकारी दिएको हो ।

प्रकाशित: समय: 12:25:43  453पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार