लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको तामाङ गुम्बा निर्माण १ करोड ९८ लाख ८७ हजारको लागतमा गुम्बा निर्माण हुने


श्याम ङेसुर तामाङ ,ललितपुर । नेपाल तामाङ घेदुङका केन्द्रीय पूर्व अध्यक्ष एबम अन्तर्राष्ट्रिय तामाङ परिषदका पुर्व अध्यक्ष महेन्द्रजङ्ग तामाङको संयोजकत्वमा गठीत गुम्बा निर्माण समितिले लुम्बिनीको गुम्बा,विहार,चैत्य स्तूप /बोधी गार्डेन भित्र निर्माण हुने अन्तर्राष्ट्रिय तामाङ गुम्बाको  नक्सा र १ करोड ९८ लाख ८७ हजारको लागत इष्टमेट रहेको प्रतिबेदन आईतवार लुम्बिनी विकास कोष ,सम्पर्क कार्यालय,बबरमहल,काठमाडौमा कार्यालय प्रमुख ज्ञानेन्द्र राईलाई बुझाएको छ ।

सो प्रतिबेदन हस्तान्तरण टोलिमा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा , नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङ तामाङ र इन्जिनियर नवीन लामा तामाङ सहितको सहभागी रहेको थियो । निर्माण सम्बन्धि लुम्बिनी विकास कोष र समितिबीच छिट्टै लिखित सम्झौता हुन लागेको कोषका काठमाडौ सम्पर्क कार्यालय प्रमुख राईले बताए ।

प्रकाशित: समय: 11:39:17  544पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार