नुवाकोटमा चट्याङ लागेर एक वृद्धकाे मृत्यु


करण तामाङ, नुवाकोट। शनिबार साँझ हावाहुरी पानी सँगै परेको चट्याङले म्यागङ गाउपालिका वडा नम्बर ४ मा एक वृद्धकाे मृत्युु भएको छ । मृत्यु हुनेमा निङ तामाङ रहेको छ।

तामाङ घरभित्रै बसिरहेको समयमा परेको चट्याङले तामाङ सहित एक दुहुनो भैंसी पनि मरेको कुरा जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रकाशित: समय: 4:41:28  422पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार