नुवाकोटकाे तारकेश्वर – २ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


करण तामाङ,नुवाकोट। तारकेश्वर गाउँपालिका वडा नं २ तारुकामा शनिबार नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। महारुद्र युवा क्लब, लियाे क्लब अफ नुवाकोट पराेपाेकार, लियाे क्लब अफ काठमाडौ पराेपाेकार, शुभविहानी युवा क्लब लगायतका संस्थाहरुकाे संयुक्त सक्रियतामा शिविर सञ्चालन भएको थियाे ।

शिविरमा स्त्री राेग, हाडजाेर्नी, मुटुराेग लगायतका दर्जनाै राेगहरुकाे परिक्षण तथा उपचार भएको छ । शिविरमा सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए । गाउँमै नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएकोमा स्थानियहरुले खुसी व्यक्त गरेको लियो क्लक अफ नुवाकोट पराेपाेकारका सचिव भिमसेन दहाल र शुभविहानी युवा क्लबका अध्यक्ष टिकराम तामाङले जानकारी गराउनु भएकाे छ ।

प्रकाशित: समय: 4:31:27  506पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार