नख्खु टोल विकास संस्थाको वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


नख्खु टोल विकास संस्था नख्खु तथा ललितपुरको संयूक्त आयोजनामा मेघा अस्पताल प्रालीको सहयोगमा शनिबार एक दिने वृहत निःशुल्क स्वास्थ्य परिक्षण एवं दन्त शिविर सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै नख्खु टोल सुधार संस्थाका संस्थापक अध्यक्ष जानकी दास रण्जीतकारले यस प्रकारको शिबिरबाट स्वास्थ सेवाको पहँचबाट टाढा रहेको स्थानिय नगरबासीलाई धेरै सहयोग पुगेको र कार्यक्रमको लागि नख्खु टोल सुधार संस्था सदैव हातेमालो गर्न र सहयोग गर्न तत्पर रहेको बताए ।

विशेषज्ञहरुले निःशुल्क सेवा दिएको शिवीरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय वासिन्दा गरि दुई सय जनाको स्वास्थ्य परिक्षण गरि उपलब्ध भएका औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

ललितपुरको नख्खु टोलका समाज सेवी श्याम प्रसाद तिमिल्सिना ज्यू , १३ नं वडाका अध्यक्ष सुशिल महर्जन , समाज सेवी राजीव कँडेल , मेगा अस्पतालका संचालक लगायत विभिन्न व्यक्तित्वहरूले शिविरको महत्वका बारेमा चर्चा गरेका थिए ।

‘आफ्नो स्वास्थ्य आफै अग्रसर भइ स्वस्थ बनुन्‘ भन्ने नाराका साथ आयोजित निःशुल्क स्वास्थ्य शिविरमा मेगा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

प्रकाशित: समय: 1:14:28  492पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार