नेपाल र भियतनामबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर


नेपाल र भियतनामबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकको उपस्थितिमा दुई देशका अधिकारीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि दुई देशबीच कुटनीतिक तथा विशेष राहदानी बाहकहरुलाई भिसा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुवै सहमतिमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै दुई देशबीच व्यापार तथा लगानी साझेदारी सम्बन्धी फ्रेमवर्कसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन आसयपत्रमा दुई देशका उद्योग मन्त्रालयका अधिकारीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा हस्ताक्षरसँगै दुबै देशका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

भियतनामको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ । प्रधानमन्त्रीको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको हो ।

प्रकाशित: समय: 16:36:17  403पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार