सिद्धिपुरमा भगवान बुद्धको मुर्ति प्रतिस्थापन


श्याम तामाङ ,ललितपुर। महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरमा भगवान बुद्धको मुर्ती प्रतिस्थापन बौद्ध धर्म गुरु एबम भिक्षु विमल स्थवीर र ललितपुर जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जनले एक समारोहकाबीच दीपप्रज्वलन गरेर शनिबार समुदघाटन गर्नु भएको छ।

समुदघाटन गर्नुहुदै सांंसद महर्जनले आम नागरिकले भगवान बुद्धको पन्चशिललाई पालन गरी नैतिक शिक्षा व्यवहारिक रुपमा हासिल गर्नुपर्ने बताउनु भयो।

भगवान बुद्धको मुर्ति निर्माण व्यवस्थापन गर्न सहयोग गर्नुहुने दाताहरुलाई कदर पत्र समेत प्रतिनिधि सभाका साम्सद कृष्णलाल महर्जनले प्रदान गर्नु भएको थियो ।

उक्त समारोहमा प्रदेश सभाका साम्सदद्धय माधव पौडेल,शोभा शाक्य,महालक्ष्मी नगरपालिका नगर प्रमुख रामेश्वर श्रेष्ठ,महालक्ष्मी नगरपालिका-६ सिद्धिपुर वडाअध्यक्ष वासुदेव महर्जन लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

मुर्ति निर्माण,खरिद,बगैँचा निर्माण,जनश्रमदान गरि ४ लाख रुपैयाँ खर्च भएकोमा महालक्ष्मी नगरपालिका-६ सिद्धिपुर वडा कार्यालय,सहयोगी दाताहरुको आर्थिक संकलनमा भगवान बुद्धको मुर्ति प्रतिस्थापना गर्न सफल भएको सहयोगदाता एबम स्थानियवासी वालगोविन्द महर्जनले बताए ।

कार्यक्रमको संचालन बुद्ध व्यवस्थापन समितिका सदस्य हरिमाया महर्जनले संचालन गर्नु भएको समारोहमा बौद्ध धर्म गुरुहरुबाट पुजापाठ तथा सिद्धिमङगल बुद्ध विहारका भिक्षु विमल स्थवीरले बौद्ध धर्म सम्बन्धि धार्मिक प्रवचन दिनु भएको समितिका सचिव सविना शाक्यले बताईन।

सिद्धिपुरका समाजसेवी तथा बुद्ध व्यवस्थापन समितिका अध्यक्ष नाति महर्जनको सभाअध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।












प्रकाशित: समय: 15:14:58  659पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार