महानगरको फोटो प्रदर्शनी शुरु, पत्रकार प्यासीको तस्वीरलाई १० हजार पुरस्कार


काठमाडौं महानगरपालिकाले शहरी यातायात सुधार र सडक सुरक्षासम्वन्धि शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी शुरु गरेको छ । सडक सुरक्षा सम्वन्धि खुल्ला तस्वीर प्रतियोगितामा विजयी भएका ६ वटा तस्वीरका साथै सडक दुर्घटना, ट्राफिक नियमको पालनार नागरिक सचेतना गरी ३ विधाका सहित एकसय वटा तस्वीर प्रर्दशित छन ।

महानगरको शहरी योजना आयोगबाट आयोजितसडक सुरक्षा सम्बन्धि खुल्ला तस्वीर प्रतियोगितामा मिन रत्न बज्राचार्य, मीनलामा र प्रविण कोइरालाको तस्वीरले पहिलो, दोस्रो र तेस्रो पुरस्कारको साथै बलराम प्यासी, मिशनजिसी र रमेशगिरीको तस्वीरले सान्त्वाना पुरस्कार जितेका छन ।

पत्रकार प्यासीले २०६७ माघ १९ गते बुधबार भक्तपुरको गठ्ठघरमा भएको सडक दुर्घटनाको तस्वीरले सान्त्वना पुरस्कार जितेको हो ।

पहिलो, दोस्रो र तेस्रो तस्वीरलाई नगद २५ हजार, २० हजार र १५ हजारको साथै सान्त्वनाहुने तस्वीरलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले विकद्यालय उमेरका वालवालिका र युवालाई दुर्घटनामा जोगाउन सकियो भने सडक सुरक्षाको अवस्थामा सुधार आउने र दुर्घटनाले व्यक्ति, परिवार र समाजमा क्षति पु¥याउने बताए ।

स्थानीय सरकार भएको नाताले विगतमा सडक सुरक्षाकाकार्यक्रम ट्राफिक प्रहरीले मात्रगर्ने गरेकोमा यसवर्षदेखि महानगर आफैंले शुरु गरेको बताए ।

प्रकाशित: समय: 10:10:01  525पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार