ललितपुर आश्राङमा नवनिर्मित विद्यालय भवनको नवराज सिलवालद्वारा समुदघाट्न


श्याम तामाङ ,ललितपुर । वाग्मति गाउँपालिका वडा न. -६ आश्राङमा रहेको श्री विद्याधीश्वरी माविमा जाइकाद्वारा रु.६ करोड ६ लाख रुपैयाँ आर्थिक सहयोगमा ५ वटा नवनिर्मित भवनको प्रतिनिधि सभा साम्सद नवराज सिलवालले दीप प्रज्वलन गरेर भवन तथा अभिभावक भेलाको एक भब्य समारोहकाबीच समुदघाटन गर्नु भएको छ ।

सिलवालले दक्षिण ललितपुरमा नै विद्यालयको भवन नमुना भवन रहेको ,नमुना भवन भएको विद्यालयमा गुणस्तरिय शिक्षाको नमुना बन्न्नु पर्ने बिचार राख्दै यो विद्यालय सबैको साझा सम्पत्ती हो यसलाई  प्राबिधिक शिक्षालयको रुपमा विकास गर्नु पर्ने बताएका छन । सङ्घिय संसदको राज्य व्यवस्था समितिको समेत सदस्य रहेका प्रतिनिधि सभाका साम्सद नवराज सिलवालले भवन निर्माण गर्न विभिन्न तवरले सहयोग गर्ने दाता राजनितिक दलका प्रतिनिधि तथा कलाकारहरु क्रमश गायक मिठ्ठाराम केसी,गायिका रन्जिता थापा ,जिल्ला शिक्षा इकाई ललितपुर प्रमुख प्रकाश महर्जन ,प्रेमबहादुर राई,निर्माण व्यवसायी वालकृष्ण महर्जन ,वाग्मती -६ वडा कार्यालय,नेपाल कम्युनिष्ट पार्टी वडा कमिटी आश्राङ ,नेपाली काङ्ग्रेस वडा कमिटी ,आश्राङ लगायतलाई सम्मान पत्र प्रदान गरिएको  थियो । प्रदेश सभा साम्सद चेतनाथ संजेलले आधुनिक भवन ,सुविधा सम्पन्न भवन सुन्दर स्थानमा छ ,यत्ती राम्रो विद्यालय छ ,विद्यार्थी सङ्ख्या पर्याप्त छैन,अब अभिभावक गाउँमा नै बस्ने वातावरण तयार गर्नुपर्छ भन्दै हामीले  अब सरकारी सामुदायिक विद्यालयमा विद्यार्थी पढन पठाउनु पर्ने बताइएको हो।

वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले विनास पछिको विकास भनेझै भुकम्पले क्षतिग्रस्त विद्यालय निर्माण भएकोमा खुशी ब्यक्त गर्दै ,गाउँपालिकाले शिक्षामा गुणस्तर अगाडी बढाउन शैक्षिक मेला,यसै वैशाख महिनादेखी गाउँपालिका भित्रका १२ जना शिक्षक शिक्षिकालाई प्रती व्यक्ती मासिक ११ हजार ५ सयका दरले १७ लाख ९४ हजार ईसिडी शिक्षिकाको लागि नेपाल सरकारले दिने तलबमा मासिक १ हजार ५ सयका दरले वार्षिक १८ हजार प्रदान गर्दै आएको बताए । गाउँपालिका अध्यक्ष लोप्चनले ईसिडीका शिक्षिकाहरुलाई नगद नै केही दिनमा वितरण गर्ने जनाएका छन् ।

समारोहका बीच बीचमा गायक मिठ्ठाराम केसी,गायिका रन्जिता थापा र विद्यालयका विद्यार्थीहरुले नृत्य तथा विज्ञान प्रदर्शनीले थप मनोरञ्जन प्रदान गरेको थियो ।

विद्यालयका विद्यार्थीद्वय अनिता मोक्तान ,सविना घिमिरे उदघोषण गरेको समारोहमा वाग्मती गाउँपालिका उपाध्यक्ष रन्जना घिमिरेले भौगोलिक विकटता र बसाई सराईको कारणले विद्यार्थी सङख्यामा कमि भएको अब विद्यालयमा नै छात्रावास संचालन गरेर विद्यार्थी बढाउनु पर्नेमा जोड दिईएन ।

विद्यालयका प्र.अ.थलप्रसाद तिमल्सिनाले विद्यालयको प्रगती प्रतिवेदन सार्वजनिक गरेका थिए ।  सो समारोहमा वाग्मती – ६ आश्राङका वडाध्यक्ष लालबहादुर बम्जन ,अभिभावकको तर्फबाट वावुलाल जिम्बा तामाङले मन्तब्य व्यक्त गरेका थिए । सो समारोहमा वाग्मती -५ इकुडोल वडाध्यक्ष साजन दर्लामी मगर,वाग्मती -७ गिम्दी वडाअध्यक्ष नवराज संजेल,वाग्मती गाउँपालिका सुचना अधिकृत मिलन घिमिरे,प्रेस संयोजक दीपकप्रसाद घिमिरे,नेपाली काङ्ग्रेस आश्राङ वडा सभापती नारायण बम्जन ,नेपाल तामाङ घेदुङ वाग्मती गाउँपालिका अध्यक्ष श्याम लामा ,वडाका वडा सदस्यहरु ,अभिभावक ,शिक्षक शिक्षिका ,विद्यार्थी लगायतको सहभागिता रहेको थियो । वि.सं.२०२० सालमा इकुडोलका शेषानन्द घिमिरे शर्माले स्थापना गरेको सो विद्यालयमा ललितपुरको आश्राङ ,गिम्दी ,प्युटार,इकुडोल र मकवानपुरको मन्थलीका तामाङ ,मगर ,ब्राह्मण ,क्षेत्री ,दलित समुदायका गरि ३ सय जना विद्यार्थीहरु अध्ययनरत विद्यालयमा २१ जना कर्मचारी रहेको छ । नवनिर्मित ५ वटा विद्यालय भवन जाइकाको आर्थिक सहयोगमा निर्मित भवनमा १७ वटा कोठा पक्की र शौचालय रहेको श्री विद्याधीश्वरी मावि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र ब्लोन तामाङले जनाएका छन् ।

प्रकाशित: समय: 5:27:10  667पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार