साहित्यकार कुमारी लामाकाे “उज्यालाे अन्धकार” निबन्ध संग्रह सार्वजनिक हुने


करण तामाङ,नुवाकोट। साहित्यिक स्रष्टा कुमारी लामाद्धारा लिखित “उज्यालो अन्धकार” निबन्ध संग्रह जेठ ४ गते शनिबार सार्वजनिक गरिने भएको छ। नुवाकोट साहित्य प्रतिष्ठानद्धारा प्रकाशित कृति उज्यालो अन्धकार विदुर सचेतन हल नुवाकोटमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको प्रमुख आतिथ्यतामा हुने भएको हाे।

सोही दिन लामाद्धारा लिखित कृति सार्वजनिक तथा रचनावाचन कार्यक्रम पनि रहने भएको छ।

रामप्रसाद चालिसे,मुकुन्दराज अर्याल,श्रीराम श्रेष्ठ,करण तामाङ घलान,रामकृष्ण गजुरेल,सुमित्रा सुमि लगायतका स्रष्टाहरुकाे पनि उपस्थिति रहने निबन्धका लेखक लामाले जानकारी दिएकी हुन्।

प्रकाशित: समय: 2:07:48  1056पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार