‘काफल पाक्यो…’ सार्बजनिक


काठमाडौँ- पछिल्लो समयमा चर्चा कमाउन सफल सर्जक प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो…’ सार्बजनिक भएको छ ।

गायिका सम्झना लामिछाने मगर र गायक गोपाल छेत्रीको आवाजमा आएको उक्त गीतको संगीत संयोजन तिलक ओलीले गरेका हुन् ।

गीतमा गायक गोपाल छेत्री र प्रनिल गुरुङले शब्द सिर्जना गरेका हुने भने समिर ठोकरले निर्देशन गरेका छन् । भिडियोलाई सागर गौतमले छायांकन गरेका हुन् । भिडियोको मिन रावलले सम्पादन गरेका छन् ।

सफता म्युजिक कम्पनीले बजारमा ल्याएको भिडियोमा प्रनिल गुरुङ र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ ।

प्रकाशित: समय: 5:26:40  1232पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार