नुवाकोटे टाईगर(कमल लामा) सहित आठ देशका चर्चित रेस्लरहरु शनिबार भिड्दै


करण तामाङ,नुवाकोट। नेपाल  रिङ रेस्लिङ संघले आयाेजना गरेको एम के डब्लु बेल्ट एन्ड राेड च्याम्पियनसिपमा आठ देशका चर्चित रेस्लरहरु भिड्ने भएका छन्। काठमाडौँकाे दसरथ रङगशालाकाे कभर्डहलमा हुने च्याम्पियनसिपमा अमेरिका,युके,चीन,हङकङ र नेपाल लगायतका आठ देशका रेस्लरहरुकाे भिडन्त रहने भएको छ।

नेपाललका रेस्लरहरु मध्ये नुवाकोटे टाईगर कमल लामाले उत्कृष्ट प्रदर्शन गर्ने खेल प्रेमीहरुकाे दावी रहेको छ। टाईगरले रसियामा भएको च्याम्पियनसिप, चीनमा भएको च्याम्पियनसिप, अमेरिकामा भएको विभिन्न च्याम्पियनसिपहरु आफ्नाे बनाउन सफल भएको देखिन्छ ।

यसै अनुसार टाईगरकाे गेम हेर्न दर्शकहरुकाे भिड लाग्ने आयाेजक टिमले आशा व्यक्त गरेका छन् ।

प्रकाशित: समय: 5:30:52  638पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार