लामा घेदुङको दुई दिने छैठौं अधिबेशन मोरङको पत्थरीमा सम्पन्न


श्याम ङेसुर तामाङ ,ललितपुर। नेपाल तामाङ लामा घेदुङको छैठौ अधिबेशन मोरङको पत्थरीमा बिहिवार सम्पन्न भएको छ ।

प्रदेश न.१ का प्रदेश सांंसद सूर्यमहाराज राईले एक भब्य समारोहकासाथ दीप प्रज्वलन गरेर समुदघाटन गर्नु भएको अधिबेशनको बन्द सत्रले नेपाल तामाङ लामा घेदुङको सङ्घिय अध्यक्ष लामा पाल्देन योन्जन तामाङको अध्यक्षतामा उपाध्यक्षहरु: धर्म डुम्जन, गुणा खामसोम योन्जन,तिर्थ थोकर,मिण्डु योन्जन,आनि तारा योन्जन,महासचिव मणिकुमार मोक्तान,सचिव जय पाख्रीन,कोषाध्यक्ष सोनाम गोङबा तामाङ गरि १ सय १ सदस्यीय सङ्घिय समिती निर्वाचित गरेको नवनिर्बाचित लामा घेदुङका सङ्घिय सचिव जय पाख्रीन तामाङले बताएका छन् ।

लामा घेदुङका सङ्घिय सचिव पाख्रीनकानुसार देशभरबाट ४३ जिल्लाबाट प्रतिनिधि ,पर्यबेक्षक गरि ३ सय ४६ जना लामा गुरुहरुको सहभागिता रहेको जानकारी दिनु भएको छ ।

नेपाल तामाङ लामा घेदुङको छैठौ अधिबेशन मोरङको पत्थरी,शनिस्चरेस्थित ओम सियार जम्बुलिङ बज्र गुम्बाको हलमा सम्पन्न अधिबेशन २०७६ बैशाख २५ र २६ गतेको दुई दिने अधिबेशनले नीति ,भावी योजना ,लामा गुरुहरुको काम,कर्तव्य ,अधिकार जस्ता विषयहरु पारित गरिएको नेपाल तामाङ लामा घेदुङका सङ्घिय सचिव लामा जय पाख्रीन तामाङले जनाएका छन्।

प्रकाशित: समय: 21:46:02  531पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार