नुवाकोटमा शुक्रबार देखि बुद्धिचाल प्रतियोगिता हुने


करण तामाङ, नुवाकोट। नुवाकोट बुद्धिचाल संघकाे आयाेजनामा नुवाकोटमा शुक्रबार देखि खुल्ला फिडे रेपिड रेटिंग बुद्धिचाल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा भाग लिन शुक्रबार बिहान सम्म फारम भर्न सकिने भएको छ ।

प्रतियोगितामा भाग लिनकाे लागि १६ वर्ष भन्दा कम उमेर भएकोले रु पाँच सय र १६ वर्ष भन्दा माथिकाे उमेर भएकोहरुले रु एक हजार तिरेर प्रतियोगिता भाग लिन सक्नेछन्। प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार नगद सहित प्रमाणपत्र मेडल ,द्धितिय हुनेले १० हजार नगद साथमा प्रमाणपत्र मेडल ,तृतीय हुनेले रु सात हजार प्रमाणपत्र मेडल र सान्त्वना हुनेले रु पाँच हजार नगद प्रमाणपत्र मेडल हात पार्नेछन् ।

यसैगरी छैटौं देखि दसाै स्थानसम्म स्थान ओगट्न सफल खेलाडीहरुलाई रु २, २ हजार नगद हात पार्ने सक्ने व्यवस्था गरिएको छ। नुवाकोटबाट सहभागी उत्कृष्ट खेलाडी एक जनाले चार हजार नगद पाउनेछन । यसैगरी उत्कृष्ट खेलाडी तर्फ १६ वर्ष मुनिका एक जना ,एकजना महिला ,५५ वर्ष माथिका एकजना र खुल्ला तर्फ एकजना उत्कृष्ट खेलाडी बन्नेछन्। उत्कृष्ट खेलाडीहरुले रु पन्ध्र पन्ध्र सय पाउने व्यवस्था गरिएको छ।

यस प्रतियोगितामा नेपाल भरिका खेलाडीहरुले भाग लिन पाउने नुवाकोट बुद्धिचाल संघका अध्यक्ष अमजात अलामले जानकारी दिनुभएको छ।

प्रकाशित: समय: 2:19:47  625पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार