चौघरेमा प्रहरीको कार्यक्रम सम्पन्न:


श्याम तामाङ,ललितपुर। ललितपुर जिल्ला,कोन्ज्योसोम गाउँपालिका वडा नं.१. वडा कार्यालय चौघरेमा कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङको प्रमुख आतिथ्यमा अपराध विरुद्धको एकता, महानगरिय प्रहरीको
प्रतिबद्धता भन्ने मूल नाराकासाथ लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष एबम न्यायिक समिति संयोजक मिङ्गमा लामा ,कोन्ज्योसोम -१ चौघरे वडाअध्यक्ष सन्तलाल ग्याबा ,वडा सदस्य डोल्मा लामा लगायतका महानुभावहरुको सहभागितामा बुधबार सम्पन्न भएको छ ।

सो कार्यक्रममा महानगरिय प्रहरी कार्यालय ,रानीपोखरी ,काठमाडौका प्रहरी नायव उपरिक्षक(डिएसपी) अन्जना श्रेष्ठ ,नेपाल प्रहरीका प्रहरी निरिक्षक(इनिष्पेक्टर)द्धय शान्त वाईवा र फूलमाया घिसिङ तामाङले समुदाय- प्रहरी साझेदारीका विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा कोन्ज्योसोम ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक नरेन्द्र बडु, वडाका कर्मचारी ,स्थानीय वासिन्दाको व्यापक सहभागिता रहेको वडाअध्यक्ष सन्तलाल ग्याबा तामाङले बताए





प्रकाशित: समय: 0:31:01  640पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार