दमक । झापा गौरादह—१ की सिर्जना घिमिरेले स्थानीय यामनाथ दहालसँगको आर्थिक लेनदेन बारे मुख खोल्दै आफु नै अन्यायमा परेको बताएकी छिन् । सञ्चारमाध्यमा एकोहोरो आफुबिरुद्ध दाहालको नाम जोडेर भाम्रक समाचार आएपछि झनै मर्माहत भएको घिमिरेको भनाई छ ।
यामनाथ दाहालसँग आफ्नो पैसाको कारोबार भएको तर मैले उल्टै तिनुपर्ने छ भनेर दाहालले छलकपट गरेको सृजनाले स्पष्ट पारेकी छिन् ।
विदेशबाट श्रीमानले घर बनाउनका लागि बिभिन्न समयमा १५ लाख रुपैंया पठाएको र सो रकम आफुले दाहालकोमा राखेको सृजनाको भनाई छ । ‘मैले सजिलोका लागि यामदाईको पैसा राखेको थिए,पछि घर निर्माणमा आवश्यक खर्च निकाल्दै गए, दाहालले विवरण टिप्दै जानुभयो, सृजनाले भनिन्, पछि मैले देको रकम नै मलाई तिर्न भनियो ।
मैले डरले सुन राखेर पैसा थपेर उनलाई १७ लाख रुपैंया डरले तिरेको हुँ । दाहालले मैले तिर्न बाँकी १६ लाख ७५ हजार ऋण देखाएर २५ हजार फिर्ता दियो ।
आज देखि ब्यवहार सकियो भनेर दाहालले भनेका थिए, फेरि सोहि पैसालाई नतिरेको भन्दै भाम्रक प्रचार गरेको छ,सृजनाले भनिन् । आफुलाई छलकपट र धम्कि दिईँ पैसा तिरेको कागच गर्ने भनेर पैसा तिर्न बाँकी बनाएको सृजनाको आरोप छ । त्यहि कागच देखाएर अहिले मलाई तिर्न बाँकि भनेर देखाएको छ । मैले तिरीसकेको रकम कसरी तिर्ने ?
आफुले नै राख्न दिएको रकम काम पर्दा लिएको हँु, तर त्यो पैसा डरत्रास देखाएर तिरायो , अझै तिरेको छैन भन्दै अनेक जाल गरेको छ । दाहाललाई कानुनी उपचार खोज्न आग्रह गर्दै श्रृजनाले आफुबिरुद्ध पर्चा फाल्ने,फोटो टास्ने धम्कि दिने काम निन्दनीय भएको बताउदैं दाहाललाई नै कारवाहि हुनुपर्ने बताएकी छिन् ।
श्रीमान विदेश र साना छोरीहरुसँग बस्दै आएको बताउदैं सृजनाले घरमा अभिभावक नभएको फाईदा दाहालले उठाउन खोजेको बताईन् । ‘कैले मार्ने धम्कि दिएको छ ,कैले फोन र एसएम एस गरेर मानसिक तनाब दिएको छ, सृजनाले भनिन्, छोरीहरु दाहालको कारण स्कुल जान डराउन थालिसके । जे मन लाग्यो त्यहि गर्छ, उस्लाई कानुन लाग्दैन ?
आफुपनि घर बाहिर दाहालकै कारण निस्कीन समस्या भएको उनले बताईन् ।
सञ्चारमाध्यममा दाहालको भनाई मात्र उद्धृत गदैं आफु माथि निराधार आरोप लगाइएको सृजनाले बताईन् । ‘जस्ले जे भन्यो यथार्थ नबुझी छापिदिने, सृजनाले भनिन्,पत्रकार ज्युहरुले दुईतर्फि कुरा सुनेर लेखिदिनुहोला ।
सृजनाले बरु आफुलाई दाहालले बाउन्स चेक दिएर धेरै पटक झुक्काएको बताईन् । जसको प्रमाण आफुसँग सुरक्षित रहेको बताईन् । दाहालले आफ्नो ८ तोला सुन खाईदिएको र पैसा नदिएको सृजनाले बताईन् ।
घिमिरेले भनिन्, मलाई दाहालले उल्टै पैसा दिनु छ मेरो पक्षमा चाँहि को बोलीदिने,कस्ले लेखीदिने ?