नुवाकोट। तारकेश्वर गाउँपालिका वडा नं २ श्री कृष्ण मा.वि.नुवाकोटमा यही बैशाख २८ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्थानीय क्लब महारुद्र युवा क्लबकाे सक्रियतामा शिविर सञ्चालन हुने भएको हाे ।
स्वास्थ्य शिविर सञ्चालन महारुद्र युवा क्लब, लियाे क्लब अफ नुवाकोट पराेपाेकार, लायन्स क्लब अफ काठमाडौं पराेपाेकार, लायन्स क्लब अफ काठमाडौं मनमैंजु लियो क्लब अफ काठमाडौ मनमैंजुकाे संयुक्त आयाेजनामा हुन लागेको हाे । यसमा सहयोगी संस्थाकाे रुपमा तारुका स्वास्थ्य चाैकी , तारकेश्वर गाउपालिका वडा नं २ ,शुभविहानी युवा क्लब बेलकाेटगढी लगायतका रहेको छ।
शिविरमा दक्ष विशेषज्ञहरुद्धारा मुटु राेग, नाक कान घाँटी ,आँखा राेग ,हार्डजाेर्नी तथा स्त्रीरोग लगायतका परिक्षण तथा उपचार हुने कुरा लियाे क्लब अफ नुवाकोट पराेपाेकारमा सचिव भिमसेन दाहालले बताउनुभएको छ।