चौघरेका १ सय २७ जना अपाङ्ग,जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान सहित दोसल्ला प्रदान


श्याम तामाङ,ललितपुर। कोन्ज्योसोम गाउँपालिका -१ चौघरेका १ सय २७ जना अपाङ्ग ,जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले सम्मान सहित दोसल्ला प्रदान गर्नु भएको छ।

सम्मान गर्नुहुदै गाउँपालिका अध्यक्ष सिंतानले कोन्ज्योसोम गाउँपालिकालाई बालबालिका तथा अपाङ्ग मैत्रीपूर्ण गाउँपालिका बनाउन आफू लागि परेको अपाङ्ग ,जेष्ठ नागरिक,बालबालिका तथा एकल महिलाहरुको हितमा काम गर्दै आईरहेको र सकेको सहयोग समेत गरेको जनाए ।

कोन्ज्योसोम गाउँपालिका वडा नं.१ वडा कार्यालयको आयोजनामा आयोजित सो सम्मान कार्यक्रममा वडा सचिव प्रेम ग्यावा तामाङ ,वडा सदस्यहरु लालबहादुर तामाङ ,डोल्मा लामा,वीरबहादुर थिङ ,सुमित्रा लामा ,कर्मचारी रेखा थिङ तामाङ लगायत वडाका महानुभावहरु ,जेष्ठ नागरिक ,अपाङ्ग ,एकल महिला,दाजुभाई तथा दिदिबहिनिहरुको सहभागिता रहेको वडाध्यक्ष सन्तलाल ग्याबा तामाङले बताएका छन्।




प्रकाशित: समय: 14:31:07  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार