श्याम तामाङ ,ललितपुर। ललितपुर जिल्ला ,महाङकाल गाउँपालिका वडा नं.२ मानिखेल कतवनमा बौद्ध धर्मका गुरु १३ औं अवतारी छ्योग्याल रेम्पोर्छेले रु.१७ लाख ,स्थानिय जनसमुदायबाट रु.८ लाख ,महाङकाल गाउँपालिका रु.३ लाख ५० हजार,महाङकाल -२ मानिखेल वडा कार्यालयबाट रु.३ लाख ५० हजार गरि कुल ३२ लाखको लागतमा निर्माण सम्पन्न भएको धर्म वाङछ्युक गुम्बाको एक समारोहकाबीच मंगलबार प्रदेश सभा साम्सद लालकुमारी पुन शुशिलाले समुदघाटन गर्नु भएको छ ।
समुदघाटन गर्नुहुदै साम्सद पुनले बौद्ध धर्मको गुम्बा निर्माणले आन्तरिक पर्यटन ,बौद्ध धर्मको प्रचार प्रसार,शान्तिको मार्गमा विशेष योगदान मिल्ने बताउनु भयो ।
महाङकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहाल ,कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले गुम्बा,बौद्ध धर्म र स्थानिय भेगमा भएका विकास निर्माणका कार्यबारे प्रष्ट पारेका थिए ।
सो समारोहमा महाङकाल गाउँपालिका उपाध्यक्ष कमला तामाङ ,नेपाल बौद्ध संघ अध्यक्ष तथा बौद्ध धर्म गुरु काईला लामा,स्थानिय लामागुरुहरु,नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता बुद्धबहादुर नेगी,श्री बुद्ध भगवान मावि अध्यक्ष श्यामराज स्याङतान ,प्र.अ.दिलिपकुमार स्याङतान, होमस्टे व्यवसायी हिरामाया नेगि तामाङ, त्यस्तै गरि गुम्बा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु बलबहादुर सिंगार,वावुलाल स्याङतान,भीममाया स्याङतान ,निरु गोले ,विमला सिंगार,बलबहादुर तामाङ र स्थानिय बासिको व्यापक सहभागिता रहेको थियो ।
लामागुरुहरुबाट बौद्ध धर्म सम्बन्धि नृत्य समेत देखाईएको र उक्त समारोह बौद्ध धर्मका १३ औं अवतारी छ्योग्याल रेम्पोर्छेको सभाअध्यक्षतामा सम्पन्न भएको महाङकाल -२ मानिखेलका वडाअध्यक्ष सन्चमान स्याङतान तामाङले जानकारी दिएका छन्।