माझखण्डमा स्वास्थ्य सेवा सुरु,एक महिनाको अवधीमा सयौं स्थानिय वासिन्दा लाभान्वित


श्याम तामाङ ,ललितपुर । ललितपुर जिल्ला,वाग्मती गाउँपालिका-५ इकुडोल,माझखण्डमा २०७५ चैत्र २६ गतेदेखि वाग्मती गाउँपालिका स्वास्थ्य इकाई माझखण्डले सेवा सुरुवात गरेको एक महिनाको अवधीमा दुई सय जनाले स्वास्थ्य सम्बन्धि सेवा र उपचार लिईएको स्वास्थ्य इकाई माझखण्डकी अहेव ज्योति खड्काले बताएकी छिन् ।

हाल अहेव खड्का र अनमी सुप्रभा तिमल्सिना कर्मचारी दुई जना कर्मचारी रहेको माझखण्ड स्वास्थ्य इकाईले दुई सय भन्दा बढी घरधुरीको स्वास्थ्य सेवा दिनुपर्ने स्थानिय युवा एबम नेता गङगालाल तामाङले बताएका छन् ।

प्रकाशित: समय: 10:30:41  541पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार