बौद्धमा व्यवसायीले गरे एक घण्टा चक्का जाम ,धुलो मुक्त मोटरबाटो बनाउनु पर्ने स्थानिय र व्यवसायीको माग :


श्याम तामाङ ,ललितपुर

काठमाडौ बौद्ध मेनगेटमा बौद्ध जोरपाटी यातयात व्यवसायी ,बौद्ध क्षेत्रका व्यवसायी ,स्थानिय वासिन्दाले बुधबार बिहान ९:३० देखि १०:३० बजेसम्म एक घण्टे चक्का जाम गरेका छन् ।

संचारकर्मी एबम स्थानिय वासिन्दा अमित लामाकानुसार चाबहिल,चुच्चेपाटी ,बौद्ध ,जोरपाटी सडक खण्ड पिच नगर्दा दैनिक जीवन धुलोका कारण बाच्न नै कष्ठकर भएकाले यातयात ,किराना व्यवसायी र स्थानिय वासिन्दाले चक्का जाम गरेको ,स्थानिय बासिको माग खाल्डाखुल्डी छिटो पुरी ,पिच छिटो गर्नुपर्ने र विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ स्तुपा घुम्न आउदा अन्तर्राष्ट्रिय स्तरमासम्म नकारात्मक छाप पर्ने भएकोले तत्काल मोटरबाटो पिच गरि धुलो ,पानी पर्दा हिलोमुक्त बौद्ध सडक हुनेपर्ने माग रहेको बताईएको छ ।

स्थानिय वासी र व्यवसायीले विरोध स्वरुप चक्का जाम गरेको महानगरिय प्रहरी बृत्त ,बौद्धका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताएका छन् ।

प्रकाशित: समय: 6:48:36  530पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार