टोकियोमा २५६३ औँ बुद्ध जयन्ती मनाउने


मे ७ टोकियो,जापान
हरेक वर्ष झैँ यसपाली पनि नेपाल आदिवासी जनजाति महासंघ जापानले २५६३ औँ वुद्ध जयन्ती समारोह तथा बुद्धको प्रवचन श्रवन कार्यक्रम आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा जापानमा क्रियाशील महासंघमा आबद्द संस्थाहरू तमु धीं जापान, नेपाल तामाङ समाज जापान,किराँत याक्थुङ चुम्लुङ जापान ,थकाली सेवा समिति जापान ,शेर्पा संघ जापान ,नेपाल मगर संघ जापान ,किराँत राई यायोख्खा जापान ,मनाङ सोसाइटी जापान,थारु समाज जापान,नेपाल थामी समाज जापान,नेवा जागरण मंच जापानको सह आयोजनामा हुन लागेको जनजाति महासंघ नेफिन जापानका अध्यक्ष टेक बहादुर लिम्वु (सुमन)ले जानकारी दिनुभयो ।

विश्व शान्तिका प्रतिक गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती समारोह २०१९ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पनि कार्यक्रम संयोजक तथा नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तानले बताउनुभयो ।
उक्त दिन वुद्धको प्रवचन श्रवन तथा प्रसाद ग्रहन गरि औपचारिक कार्यक्रम हुने नेफिन जापानका महासचिव शान्तकुमार पहरीले बताउनु भएको छ ।

कार्यक्रम निम्न मिति र स्थानमा हुनेछ
मिति : २०१९ में १९ आइतवार
समय : दिउँसो १३ बजे
स्थान : टोकियो,जापान
ठेगाना : NIPPONZAN MYOHOJI (JR Sobu Line-ichigaya station) 3-2-23 kudan-kita Chiyoda ku Tokyo japan

प्रकाशित: समय: 3:47:15  639पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार