श्याम तामाङ ,ललितपुर। ह्योल्मो समाज इजरायलले २५६३ औं बुद्ध जयन्ति तथा संस्थाको हाम्रो पहिचान ,हाम्रो अधिकार,ह्योल्मो भाषा,भेषभुषा,लिपि,कला तथा संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौ भन्ने मूल नाराकासाथ १३ औं वार्षिक साधारण सभा २०१९ मे १० तारिखमा शुक्रबार साँझ,खारुचिम-१५ तेल अभिवमा गर्ने भएको छ ।
सो संस्थाको वार्षिक साधारण सभा तथा बुद्ध जयन्तिको अवसरमा हुने विविध कार्यक्रममा प्रमुख बौद्ध धर्म गुरु लोपेन ग्युर्मे ह्योल्मो क्यानाडाबाट इजरायलमा आउनुहुने ह्योल्मो समाज इजरायल अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोले जानकारी दिएकी छिन्।
इजरायलमा रहनुहुने ह्योल्मो तथा ईच्छुक समुदायहरुलाई बुद्ध जयन्तिको अवसरमा हुने गुरु दर्शन वाङ अभिषेक, मणि मोलम ,धार्मिक प्रवचन,प्रसाद ग्रहण ,मेडीटेसन ,म्हार्मेन (दीप प्रज्वलन) समारोहमा सहभागी हुन निमन्त्रणा गर्दै ,सोही दिन ह्योल्मो समाज इजरायलको वार्षिक साधारण सभाले नयाँ कार्य समिति समेतको चयन गर्ने हुँदा समाजको साधारण ,कार्यसमितिका पदाधिकारी ,सल्लाहकार ,पूर्व पदाधिकारीहरुलाई उपस्थितको लागि ह्योल्मो समाज इजरायलले संस्थागत अनुरोध गरेको छ।