नेपाली राजदुतावास इजरायलको मूल आयोजना र इजरायलमा स्थापित संघसंस्था,राजनीतिक संगठनहरुको आयोजना तथा मिडियाहरुको सहकार्यमा मे १८ तारिखमा बुद्ध जयन्ति कार्यक्रम मनाउने :


श्याम तामाङ ,ललितपुर। नेपाली राजदुतावास इजरायलको मूल आयोजना तथा इजरायलमा स्थापित संघ-संस्था,राजनितिक संगठनहरुको आयोजनामा र मिडियाहरुको सहकार्यमा नेपालमा भगवान बुद्धको जन्म भएको हो भन्ने विषयलाई विश्वभर प्रचार प्रसार गर्न ,भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा लामा गुरु थुप्तेन तामाङद्वारा मोलम पूजा पाठ र बुद्ध बाणीको प्रबचन, शान्ति परिक्रमा सहित भब्य रुपमा बुद्ध जयन्ति मे १८ तारिख,शनिबार बिहान ९ बजे देखि हगना १३५,तेलअविभ,इजरायलमा मनाउने भएको छ ।

सो बुद्ध जयन्ति समारोहमा इजरायलमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि नेपाली राजदुतावास इजरायल मुल आयोजक ,इजरायलमा स्थापित संघ संस्थाहरु, राजनीतिक संगठनहरु आयोजक र मिडियाहरुको सहकार्यमा हुने उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ इजरायलले सबैमा अनुरोध समेत गरेका छन् ।

प्रकाशित: समय: 16:37:15  625पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार