नेपाल आदिवासी जनजाति महासंघ बहराइनको अगुवाईमा मे १७ तारिखमा बुद्ध जयन्ति समारोह भब्य गर्ने तयारी ,समारोह ६ वटा जातिय संस्थाहरुले संयुक्त गर्ने :


श्याम तामाङ,ललितपुर। शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा मे १७ तारिखमा ब्लुमुन नेपाली रेष्टुरेन्ट ,बहराइनमा बुद्ध जयन्ति समारोहको साथमा पूजा आराधना दिउँसो १ बजेदेखि हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रमुख आयोजना तथा महासंघ भित्र आवद्ध ६ वटा जातिय संस्थाहरु क्रमश: नेपाल मगर संघ,तमु समाज ,किराँत याक्थुङ चुम्लुङ,बहराइन तामाङ सेवा समाज ,शेर्पा किदुक बहराइनको सह आयोजनामा गर्ने नेपाल आदिवासी जनजाति महासंघ,बहराइनसङ्ग आवद्ध संस्था बहराइन तामाङ सेवा समाजका अध्यक्ष सोनम दोङ तामाङले जनाएका छन् ।

महासंघमा आवद्ध ६ वटै संस्थाहरुले बुद्ध जयन्ति समारोहमा उपस्थितको लागि बहराइनमा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई निमन्त्रणा गरिएको बताईएको छ ।

प्रकाशित: समय: 12:06:44  380पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार