प्रतिनिधि सभाका साम्सद रामबीर मानन्धरले काठमाडौं वैखुमा जेष्ठ २ गते भगवान बुद्धको मुर्ती अनावरण गर्नु हुने


श्याम तामाङ ,ललितपुर । काठमाडौ जिल्ला ,तारकेश्वर नगरपालिका – बैखुमा कोरोना इलेक्ट्रीकल इन्जिनियरीङ कम्पनीका निर्देशक बुद्धदेव लामाको सकृयतामा बुद्धको मुर्ती खरिद गरि कार्य सम्पन्न अन्तिम चरणमा पुगेको छ ।

स्थानिय तारकेश्वर नगरपालिका वडा न.५ वडा कार्यालय ,बुद्धदेव लामा रु.६ लाख २५ हजार ,रामभक्त बम्जन तामाङ रु.१ लाख गरि चालीस जनाभन्दा बढी दाताहरुबाट संकलित रकम गरि कुल १५ लाखभन्दा बढी खर्चेर भगवान बुद्धको मुर्ती निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवसायी एबम सहयोगदाता बुद्धदेव लामाले बताएका छन् ।

निर्माणको लागि शुरुवात देखि हालसम्म रु.५ हजार भन्दा बढी सहयोग रकम प्रदान गर्ने दाताको नाम ,ठेगाना र सहयोग रकम शिला लेखमा राख्ने सहयोगदाताले लामाले जानकारी दिनु भएको छ ।

स्थानिय युवा ,वासिन्दा ,वडा कार्यालय र दाताहरुको सहयोगमा निर्माण गरिएको भगवान बुद्धको मुर्ती अनावरण ,भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तिको अवसरमा वैखु टोल सुधार समितिको आयोजनामा जेठ २ गते,बिहान ९ बजे,तारकेश्वर नगरपालिका -५ वैखुटोल,वाइसथानमा प्रतिनिधि सभाका साम्सद रामबीर मानन्धरले एक भब्य समारोहकाबीच भगवान बुद्धको मुर्ती अनावरण गर्ने र सो कार्यक्रममा उपस्थितको लागि सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि व्यवसायी एबम सहयोगदाता बुद्धदेव लामाले निमन्त्रणा समेत गरेका छन् ।

प्रकाशित: समय: 10:31:48  1041पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार