सांसद चेतनाथ संजेलद्वारा डुकुछापमा श्रीमद भागवत ज्ञान महायज्ञकाे समुदघाटन


श्याम तामाङ ,ललितपुर । गोदावरी नगरपालिका -८ डुकुछापमा श्रीमद भागवत ज्ञान महायज्ञ मुल समारोह समितिले आयोजना गरेको एक हप्ते श्रीमद भागवत ज्ञान महायज्ञको एक भब्य समारोहकाबीच प्रदेश सभा साम्सद चेतनाथ संजेलले समुदघाटन गर्नु भएको छ।

समुदघाटन गर्नुहुदै साम्सद संजेलले गाउँ ,समाजको विकासको लागि धार्मिक कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको हुन्छ ,यस्ता कार्यक्रमले आन्तरिक धार्मिक पर्यटक भित्राउन पनि ठूलो टेवा मिल्छ भन्नुहुदै महायज्ञमा सहयोग संकलन रु.५ लाख रकम उठ्यो भने प्रदेश सरकार या साम्सद कोषबाट रु.५ लाख रुपैया नै थपी दिने कुरा राख्नुहुदै केन्द्र,प्रदेश र स्थानिय सरकार हरेक जातजातिको धर्म ,संस्कार,संस्कृती,चार्डपर्व ,भेषभुषा ,मठमन्दीर संरक्षण ,सम्बर्द्धन ,प्रबर्द्धनमा लागि राखेको बताउनु भयो ।

हिन्दु धर्मको जागरण तथा स्थानिय स्तरमा गणेश ,कालिदेवी मन्दिर निर्माणको लागि एक हप्ते महायज्ञ संचालन गरिएको श्रीमद भागवत ज्ञान महायज्ञ मुल समारोह समितिका अध्यक्ष राजन केसिले जानकारी दिएका छन् ।

प्रकाशित: समय: 8:46:29  563पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार