पेमा डुप्किलिङ बौद्ध गुम्बा र गुम्बाटोल टोल विकास संस्थाको आयोजनामा मकवानपुर नेवारपानीमा सरसफाई कार्यक्रम:


श्याम ङेसुर तामाङ ,ललितपुर

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ति नजिकिदै गर्दा धार्मिक कार्यक्रमहरु पनि स्वदेश तथा विदेशमा बढदै गएको छ ।

सोमबार मकवानपुर जिल्ला,हेटौंडा नगरपालिका -१९ नेवारपानीमा रहेको पेमा डुप्किलिङ गुम्बा र गुम्बाटोल टोल विकास संस्थाको आयोजनामा लामा गुरु,बौद्ध धर्मलम्बिहरु ,गुम्बा तथा संस्थाका पदाधिकारीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेको गुम्बाका प्रमुख लामा लोब्साङ दोर्जे वाईवा तामाङले बताउनु भएको छ ।

उक्त सरसफाई कार्यक्रममा सयौँ जनाको सहभागिता रहेको पेमा डुप्किलिङ बौद्ध गुम्बाका सहायक प्रमुख लामा निमा वाईवा तामाङले जनाएका छन् ।

प्रकाशित: समय: 7:55:14  529पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार