![](https://www.tamangpage.com/wp-content/uploads/2019/05/59732301_317036722326025_3131451520118161408_n-720x450.jpg)
श्याम ङेसुर तामाङ,ललितपुर
नेपाल तामाङ घेदुङ कुवेतको ५ अप्रीलका दिन अध्यक्ष सुरेश ग्यावा तामाङको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले आगामी १७ मे का दिन बुद्ध जयन्ति भब्य रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले कुवेतको फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिख शुक्रबारका दिन बेलुकी ५ बजे बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने कार्यक्रममा कुवेतमा रहनु भएका दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको नेपाल तामाङ घेदुङ कुवेतका महासचिव कृष्ण सिंतान तामाङले जानकारी दिएका छन् ।