हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल अमेरिकाको आयोजना र तामाङ सोसाइटी अफ न्यु योर्कको संयोजनमा मे १८ मा विश्व शान्ति पूजा र बौद्ध शिक्षा सम्बन्धि प्रवचन हुँदै:


श्याम तामाङ,ललितपुर।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको अवसरमा हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल अमेरिकाको आयोजना र तामाङ सोसाइटी अफ न्यु योर्कको संयोजनमा विश्व शान्ति पूजा र बौद्ध शिक्षा सम्बन्धि कार्यक्रम हुने भएको छ ।

बुद्ध जयन्तीको दिन १८ मे तारिख शनिबार, विश्व शान्ति पूजा ,बिहान ८ देखि १२ बजेसम्म शेर्पा किदुग र बौद्ध दर्शन सम्बन्धि प्रवचन दिउँसो १ बजेदेखी ४ बजेसम्म न्यु योर्कमा हुने तामाङ सोसाइटी अफ न्यु योर्कले जनाएको छ ।

बुद्ध जयन्तीको अवसरमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरेको हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल अमेरिकाको सदस्य संस्था तामाङ सोसाइटी अफ न्यु योर्कका अध्यक्ष एबम कार्यक्रमकी संयोजक गोमा योन्जनले बताइन्।

प्रकाशित: समय: 4:01:59  558पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार