अनिस तामाङ/युएई
नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाउने तयारी सुरु भएको छ।
महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महासंघकै महासचिव सनिल घिसिङको संयोजकत्वमा कार्यक्रमका लागि समिति गठन गरेको छ।
महासंघ र महासंघ अन्तरगतका ११ ओटा जातिय संघसंस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाज आयोजक रहेका छन।
यहीँ आउदो जुन १४ तारिखको दिन युएईको विकसित शहर देरा दुबई स्थित कार्ल्टन टावर होटलको हलमा हुन लागेको उक्त कार्यक्रम औपचारिक ढंगले लामागुरुबाट पूजापाठ, बुद्ध दर्शनबारे प्रवचन, वृत्तचित्रहरु प्रस्तुत गर्नुको साथै नेपाल आदिबासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरु र विभिन्न जातिय संघसंस्थाहरुले आफ्नो सांगीतिक प्रस्तुतिहरु दिनेछन् ।
इ.पु. ५६३ वैशाख पुर्णिामामा शाक्य साम्राज्यको महाराज शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा सालको वृक्षमुनि जन्मेका महामानव गौतम बुद्धलाई भारतमा जन्मेको भनि विश्व सामु फैलाएको गलत प्रचार प्रसारलाई प्रवासमा पनि यसरी बुद्ध जयन्ती धुमधाम संग मनाउद अन्तर्राष्ट्रिय स्तरमा समेत केही हदसम्म भ्रम चिर्ने आयोजकको दाबी रहेको छ।