संखुमा भैरव गणको हाम्रो फूलबारी कार्यक्रम सम्पन्न ,विभिन्न सेवाबाट सयौं जनता लाभान्वित :


तामाङपेज संवाददाता ।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिका-२ संखुस्थित श्री मगरगाउँ माविमा नेपाली सेनाको श्री भैरव गणले शुक्रबार वर्षातका बाबजुद पनि हाम्रो फूलबारी कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य,पशु शिविर,रक्तदान,कृषि परामर्श,नेपाली सेना र स्थानीय बीच भलिबल प्रतियोगिता,नेपाली सेनाको बृत्तचित्र प्रदर्शनी,बिबिध साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रममा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतान तामाङले विगतमा नेपाली सेना,नेपाल प्रहरी र जनताबीच तिक्तता रहेको थियो,त्यो तिक्ततालाई मेटाउने खालको कार्य नेपाली सेनाको भैरव गणले देशको राजनीतिक परिवर्तन सङ्गै संघीय व्यवस्था र कानुनको अक्षरस पालन गर्दै,हाम्रो फूलबारी कार्यक्रम अन्तर्गत बिबिध कार्यक्रम गरेकोमा खुशी ब्यक्त गर्नु भयो । गाउँपालिका अध्यक्ष सिंतानले नेपाली सेनाको भैरव गणले गरेको कार्यक्रमको लागि विशेष गरि स्वास्थ्य तथा पशु स्वास्थ्य शिविरको लागि औंषधी खरिद गर्न रु.२ लाख रुपैया कोन्ज्योसोम गाउँपालिकाले सहयोग गरेको बताए ।

श्री भैरव गणको आयोजना तथा कोन्ज्योसोम गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका-२ वडा कार्यालय,पाटन विज्ञान प्रतिष्ठान,जिल्ला कृषि ज्ञान केन्द्र,नेपाल मेडीसिटी अस्पताल,आनन्द वन लेप्रोसी अस्पताल,वीरेन्द्र सैनिक अस्पताल,श्री मगर गाउँ माविको सहकार्यमा आयोजित कार्यक्रममा भेटेरीनरी सेवा गोवर परिक्षण गाई/गोरु २ सय ३०,बाख्रा २ सय ९१,कुकुर ६,स्वास्थ्य सेवा बाल रोग ९७,छाला रोग ६७,दन्त रोग १७,स्त्री रोग गाईनो १६,मुटु रोग ईसिजी ३७,सामान्य उपचार १ सय ६९,कृषि सम्बन्धि परामर्श ५६,नेपाली सेनाको बृत्त चित्र दृश्यलोकन १ सय ६० जनाले गरि स्थानीय बासिन्दा,पशुको जाँच तथा औंषधी वितरण गरेर १ हजार १५ जनाले सेवा लिएको श्री भैरव गणका गणपती एवं प्रमुख सेनानी (कर्णेल)रणबहादुर खड्काले बताएका छन् ।

भैरव गणका प्रमुख सेनानी खड्काले पेशा भन्दा माथी उठेर नेपाली सेनाले सामाजिक कार्य गर्दै,आम नागरिकसङ्ग काधमा काध मिलाएर बिपत तथा दुख सुखमा नेपाली सेनाले साथ दिदै आएको र नेपाली सेना नेपाली जनतासङ्ग हातेमालो गर्दै अघि बढी रहेको जनाए ।

श्री मगर गाउँ मावि विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्णमान लामा,कोन्ज्योसोम-२ संखु वडाअध्यक्ष ध्रुबप्रसाद घिमिरेले नेपाली सेनाले गरेको कार्यक्रम र मगर गाउँ माविको प्राङ्गणमा मन्च निर्माण गरेकोमा आभार सहित धन्यबाद ब्यक्त गरेका छन् ।

बीच बीचमा नेपाली सेनाका कलाकार,श्री मगर गाउँ मावि,श्री सरस्वती माविका विद्यार्थीहरुको विविध जातजाति मध्ये तामाङ,गुरुङ,मगर,ब्राम्हण,लिम्बू लगायत जातजातिका चार्डपर्व,भेषभुषा,लय,ताल झल्किने नृत्यले कार्यक्रमको माहोल सङ्गितमय बनेको थियो ।

अचानक परेको हुरि बतास,वर्षातका पानीका बीच पनि संचालन गरिएको कार्यक्रममा श्री मगर गाउँ मावि प्र.अ.फुलध्वज बम्जन लामा,श्री सरस्वती मावि प्र.अ.अर्जुन घिमिरे,वाग्मती गाउँपालिका प्रेस संयोजक दीपक घिमिरे,ब्राईट फ्युचर क्लबका अध्यक्ष वेलबहादुर घिसिङ तामाङ,श्री भुमीथुम्का आधारभुत विद्यालय प्र.अ.दीपक थापा मगर,कोन्जोसोम ईप्रका ईन्चार्ज प्रहरी नायव निरिक्षक नरेन्द्र बडु,वडाका सदस्यहरु,शिक्षक,शिक्षिका,विद्यार्थीहरु,स्वास्थ्य तथा पशु चिकित्सकहरु,सेवाग्राही,स्थानीय कोन्ज्योसोम-१ चौघरे-२ संखु,-३ दलचोकी,महाङकाल -१ बुखेल,वाग्मती-५ इकुडोलका वासिन्दाहरुको व्यापक सहभागिता रहेका थिए ।

सहकार्य गर्ने निकायहरुलाई भैरव गणका गणपती प्रमुख सेनानी रणबहादुर खडकाले सम्मान पत्र प्रदान गर्नु भएको थियो भने प्राकृतिक कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले प्रमुख सेनानी खडकालाई सदस्यता पत्र प्रदान गरेका छन् ।

गणका सेनानी आदर्श खड्काले कार्यक्रमबारे जानकारी ,स्वागत मन्तब्य र सह सेनानीले आकाश बस्नेतले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

 

 

 

 

 

प्रकाशित: समय: 15:41:49  1146पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार