बुद्ध जयन्तीको अवसरमा साइप्रसमा मे १९ तारिखमा शान्ति पूजा कार्यक्रम हुँदै


श्याम ङेसुर तामाङ,ललितपुर। शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको अवसरमा यहि आउँदो १९ मे २०१९ तारिखका दिन,बिहान ११ बजे ,निकोसिया गुम्बा ,सन्डे मार्केट नजिकको स्थान साइप्रसमा शान्ति पूजा कार्यक्रम ,नेपाल तामाङ घेदुङ साइप्रस र शेर्पा किदुग साइप्रसको संयुक्त आयोजनामा गर्ने भएको छ ।

सो कार्यक्रममा सहभागी हुन दुबै संस्थाले साइप्रसमा रहनु भएका दाजुभाई तथा दिदीबहिनिहरुलाई अनुरोध गरेका छन् ।
साथै सोही दिनमा रोजगारीको सिलसिलामा साईप्रसमा कार्यरत स्वर्गीय अस्मिता खड्का विष्टको आत्माले मोक्क्ष प्राप्त गरोस भन्ने उद्धेश्यले आत्मा शान्तिको लागि ङोवा मोलम(मार्मे बत्ती बाल्ने तथा प्रार्थना) गर्ने कार्यक्रम रहेको जनाएको छ।

प्रकाशित: समय: 11:11:03  669पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार