नेपाल तामाङ घेदुङ बहराइनले २४ मे तारिखमा बुद्ध जयन्ती समारोह गर्ने


श्याम ङेसुर तामाङ,ललितपुर। शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्तीको अवसरमा यहि आउँदो २४ मे २०१९ तारिखका दिन,बिहान ११ बजे,ब्लु मुन रेष्टुरेण्ट मनामा बहराइनमा बुद्ध जयन्ती समारोह,नेपाल तामाङ घेदुङ बहराइनले गर्ने भएको छ।

सो कार्यक्रममा सहभागी हुन संस्थाले बहराइनमा रहनु भएका दाजुभाई तथा दिदीबहिनिहरुलाई उपस्थितिको लागि निमन्त्रणा गरिएको नेपाल तामाङ घेदुङ बहराइनका प्रतिनिधि सरोज मोक्तान तामाङले जनाएका छन्।

प्रकाशित: समय: 10:55:24  1247पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार