हिमालय एयरलाइन्सको अबुधाबी एयरपोर्ट देखि दुबई सम्म आउनेजाने ग्राहकहरुलाई बसको सुविधा पनि


अनिस तामाङ/युएई
हिमालय एयरलाइन्सले आफ्नो ग्राहकहरुलाई आउँदा जाँदा अबुधाबी एयरपोर्ट देखि दुबई सम्म बसको सुविधा शुरु गरेका छन्। नेपाल जाने आउने आफ्ना ग्राहकहरुको सेवा सुविधाको मध्यनजर गर्दै बरदुबई स्थिति सिटी सेन्टर पछाडिको फ्रि पार्किङबाट अबुधाबी एयरपोर्ट सम्म बसको व्यवस्था गरेको हो ।

नेपालबाट बेलुका ८:४५ मा उडेको जहाज अबुधाबी एयरपोर्टमा बेलुका ११:४५ बजे अवतरण गर्नेछ, उक्त जहाजको यात्रुहरुका लागि व्यवस्था गरेको बस १ बजे अबुधाबी एयरपोर्टबाट दुबई छुट्नेछ ।

त्यसैगरि अबुधाबी एयरपोर्टबाट विहान १:४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रुहरुलाई वर दुबई स्थित सिटि सेन्टर पछाडिको फ्रि पार्किङमा बसको व्यवस्था गरेको छ । उक्त बस त्यहाँबाट ठीक बेलुका ७:४५ बजे अबुधाबी एयरपोर्ट छुट्ने हिमालय एयरलाइन्सका जिएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसिका सञ्चालक ठाकुर प्रसाद ढुङ्गानाले जानकारी दिएको हो।

हिमालय एयरलाइन्सले यो भन्दा पहिले युएईको दुबईबाट पनि उडान भरिरहेको थियो तर केही प्राविधिक कारणले दुबईबाट केही समयका लागि उडान भरेको छैन। हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ।

प्रकाशित: समय: 22:22:05  736पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार