नेपाली कांग्रेसका नेता स्वर्गीय प्रेम बहादुर खडकाको १३औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभा :


श्याम तामाङ,ललितपुर। वाग्मती गाउँपालिका वडा नं.३ भट्टेडाँडा छपेलिका नेपाली काङ्ग्रेस भट्टेडाँडाका पूर्व सभापति एबम नेपाली कांग्रेस ललितपुर क्षेत्र न १ का क्षेत्रीय सदस्य स्व. प्रेमबहादुर खड्काको १३ औं दिनको पूण्यतिथिमा शनिबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

आयोजित श्रध्दाञ्जली सभा नेपाली काङ्ग्रेस वाग्मती गाउँपालिका संयोजक विष्णुप्रसाद तिमल्सिनाको सभा अध्यक्षतामा नेपाली काङ्ग्रेसका जिल्ला सभापति एबम पूर्व सभासद मदनबहादुर अमात्य,पूर्व अर्थ राज्य मन्त्री एबम सभासद उदयशम्शेर राणा,नेपाली काङ्ग्रेसका महासमिती सदस्यद्वय मिनकृष्ण महर्जन ,ऋषिराम घिमिरे , जिल्ला सदस्य प्रभाकर पोखरेल,रविन्स शर्मा,नेपाली काङ्ग्रेस क्षे.न.१ का क्षेत्रीय सभापति राजन घिमिरे,वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन,उपाध्यक्ष रन्जना घिमिरे ,नेपाल विद्यार्थी संघका नेता विमल विष्ट ,वाग्मती गाउँपालिका १,२ वडाका वडाअध्यक्षहरु क्रमश : जगत लो ,विजयकुमार लो तामाङ,गोदावरी नगरपालिका वडा न. ६ लेले वडाअध्यक्ष मिलन सिलवाल, कोन्ज्योसोम – ३ दलचोकी वडाअध्यक्ष तिलक बम्जन तामाङको सहभागिता रहेका थिए ।

सो श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठ,नेपाल तरुण दल जिल्ला सदस्यहरु नारायण बम्जन, दिल लामा,रामकृष्ण घिमिरे ,नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु शुशिल खड्का, गोपाल घिमिरे , युवराज लामा ,नेपाल शिक्षक संघ वाग्मती गाउँपालिका अध्यक्ष गोकर्ण फुँयाल , उपाध्यक्ष सिताराम चाैरेल , वाग्मती -३ भट्टेडाँडाका वडा सदस्यहरु गोबिन्द दहाल ,नवराज खड्का , शुशिला सुनार , पानमाया तामाङ,नेपाली काङ्ग्रेसका नेताहरु,स्थानीय शुभचिन्तकहरुले स्वर्गीय नेपाली काङ्ग्रेसका नेता प्रेमबहादुर खड्काको तस्बिरमा पुष्प गुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

नेपाली काङ्ग्रेसका युवा नेता दीपक घिमिरेले संचालन गर्नु भएको सभामा नेपाली काङ्ग्रेसका नेताहरुले स्वर्गीय खडकाको निधनले पार्टीमा ठूलो क्षति भएको बिचार राख्नु हुँदै, स्व.प्रेमबहादुर खड्काले नेपाली काङ्ग्रेस पार्टी र समाज सेवामा पुर्याउनु भएको योगदानको बारेमा चर्चा,परिचर्चा समेत गरेका थिए ।



प्रकाशित: समय: 8:09:06  694पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार