तामाङ साहित्यिक संस्था तामाङ सेमलेङ न्हानको नियमित साहित्य वाचन कार्यक्रम सम्पन्न


२१ बैशाख, भक्तपुर। तामाङ साहित्यिक संस्था तामाङ सेमलेङ न्हान भक्तपुरको ८४औं नियमित साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भक्तपुरको पान्डु बजार स्थित सिद्दादास सेकेन्डरी स्कुलको सभा हलमा तामाङ डाजाङ संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार बुद्ध योन्जन लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

“तामाङ सेमलेङता छार्नालाई,आमा ग्योईता टुनालाई” भन्ने मूल नाराका साथ संचालित कार्यक्रममा नियमित साहित्य वाचन तर्फ इमला वाइवा “इकमान”, कविराज काल्तन, कुमार स्याङ्बा, साजन मोक्तान र रचना मोक्तान “यात्री”ले आज माता तिर्थ औंसी सम्बन्धि विशेष कविता र गीत वाचन गर्नु भएको थियो। धन सिङ तामाङ,मोतिलाल दोङ, सङ्गीता थिङ र बुद्द योन्जन तामाङले तामाङ साहित्यमा नयाँ पन ल्याउनु पर्ने र सम्भावना चुनौती बारे मन्तव्य राख्नु भएको थियो।

तामाङ सेमलेङ न्हान भक्तपुरले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक कार्यक्रम राख्दै मातृभाषा संरक्षणमा जोड दिदै आएको छ। कार्यक्रम संस्थाकी कोष अध्यक्ष रचना मोक्तान “यात्री”ले सन्चालन गरेकी थिइन्।

प्रकाशित: समय: 13:36:51  796पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार