आँधी प्रभावितको घर निर्माणको शिलान्यास गर्न पुगे १० मन्त्री, १२ स्थानबाट घर निर्माणको थालनी


बारा र पर्साका हावाहुरी प्रभावितका घर बनाउने सरकारले अभियान थालेको छ ।

सो अभियान थालनीका लागि शनिवार संघीय सरकारका १० र २ नम्बर प्रदेशका मुख्यमन्त्रीसहितको टोली बारा र पर्सा पुगेका थिए । उनीहरुले १२ स्थानमा निर्माण शिलान्यास गर्दै जनताको घर बनाउने कामको थालनी गरेका हुन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक योजनामन्त्री रघुबीर महासेठ, खानेपानी मन्त्री वीना मगर, भूमिसुधारमन्त्री पद्मा अर्याल, महिला बालबालिका मन्त्री थममाया थापासहितले बारा र पर्सामा शिलान्यास गरेका हुन् ।

सरकारले पुनर्निमाणको काम वर्षायाम सुरू हुनुअघि नै सक्ने बताउँदै आएको छ । छिटो काम सकाउन मन्त्रिपरिषदको बैठकले निर्माणको जिम्मा समेत नेपाली सेनालाई दिइसकेको छ ।

उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण सम्पन्न गर्न सेनालाई निर्देशन दिए ।

प्रकाशित: समय: 10:01:01  431पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार