तामाङ कथानक चलचित्र छार ग्यालामको भक्तपुरमा च्यारिटी शो हुँदै


तामाङ कथानक चलचित्र छार ग्यालामको भक्तपुर जिल्लाको सूर्य बिनायक स्थित बाराही मुभिजमा च्यारिटी शो हुने भएको छ । उक्त चलचित्रको, बैशाख २१ शनिबार दिउँसो ४ बजे, च्यारिटी शो हुने कलाकार राहुल मोक्तानले जानकारी दिएको हो ।

चलचित्र भन्ने वित्तिकै उही उस्तै कथा उही परिवेशमा मात्र निर्माण हुन्न भन्ने विषयवस्तुलाई चिर्दै तामाङ कथानक चलचित्र छार ग्यालाम राम्रो चलचित्र बनेको अघिल्लो च्यारिटी शोमा उपस्थित हुने दर्शकहरुले टिप्पणी गरेका छन् ।

चलचित्र छार ग्यालाम चलचित्रमा बढ्दो आधुनिकीकरण सँगै सामाजिक चेतना मुलक कथा वस्तुमा आधारित दर्शकहरुले रुचाईएको विषयवस्तुमा नै बनेको निर्माण पक्षको दाबी रहेको छ।

चलचित्रको कथा पटककथा धनवहादुर तामाङ(सागर)को रहेको छ । तामाङ र नेपाली दुबै भाषामा निर्माण भएको उक्त चलचित्रमा धन बहादुर तामाङ (सागर)ले नै निर्देशन गर्नु भएको छ भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङले संगीत दिएको हो । चलचित्रमा द्घन्द राजु किराँतको,सम्पादन तुल्सी बाँस्कोटाको ,छायांकन लक्ष्मण घिमिरेको रहेको छ । रमेश थापा र वीर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन ओटा गीत समेटिएको छ ।

चर्चित नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगीता दोङको मुख्य अभिनय रहेको उक्त चलचित्रमा ध्रुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दीपा वाइवा, सूर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठ लगायत अन्य कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ ।

उक्त चलचित्र निर्माता पविना तामाङ र दिपा वाइवा साथै सह निर्माता बुद्दमाया तामाङ, इन्द्रमाया तामाङ र कुमारी तामाङले निर्माण गरेका हुन्।

प्रकाशित: समय: 13:11:27  1117पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार