अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले डा.महावीर पुनलाई राष्ट्रिय आविष्कार केन्द्र संचालन गर्न रु. ४ लाख ६४ हजार ८ सय रुपैयाँको चेक प्रदान


श्याम तामाङ,ललितपुर। अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले सांगीतिक धमाका कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा लामाको सभाअध्यक्षतामा वरिष्ठ उपाध्यक्ष कादम्बरी दाना श्रेष्ठको संयोजकत्वमा विशेष अतिथिहरुमा अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखा संरक्षक कृष्ण रायमाझी,नेपाल आदिवासी जनजाति महासङ्घ इजरायल उपाध्यक्ष नुमा काङबा बखिम लगायतको आतिथ्यमा आयोजित कार्यक्रममा चर्चित गायक राजेशपायल राई,कुशल थलङ लिम्बुले आ-आफ्नो प्रस्तुति राखेका थिए ।

इजरायलमा रहेका नेपालीहरुको भब्य सहभागिता रहेको कार्यक्रमलाई आम्रो मोबाइलका प्रमुख महामुद आम्रो,ओम इण्डियन स्टोरका प्रमुख वेनि नैडु,महिला समाजसेवी माला योन्जन,अन्जु मोक्तान,पेमा लामा,व्यवसायी तथा समाजसेवी अनिलसिह राजपुत,गणेश गिरि,जीवन बुढाथोकी,मदन काङबा लिम्बू,दुर्गा विसि,सूर्य राना मगर लगायतले सहयोग गरिएको कार्यक्रममा डिजे विपिन तामाङले पनि साथ दिनु भएको थियो।

कार्यक्रममा संकलन भएको रकम राष्ट्रिय आविष्कार केन्द्र संचालन गर्न डा.महावीर पुनलाई मेरो अनलाइन टिभीका संचालक विश्व लिम्बूको उपस्थितिमा रु.४ लाख ६४ हजार आठसय रुपैयाँको चेक सहयोग स्वरुप प्रदान गरेको अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाकी महासचिव युनिका गुरुङले बताईन ।

नयाँ वर्ष २०७६ को पावन अवसरमा आयोजित नेपाली साङ्गीतिक धमका कार्यक्रममा इजरायलका विभिन्न संघ,संस्थाका प्रतिनिधि,व्यवसायी,समाजसेवी,पत्रकारहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रम अप्रील १३ तारिखको शुक्रबार भएको थियो।

प्रकाशित: समय: 12:32:43  697पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार