नव सम्राट नारूहितोलाई राष्ट्रपति भण्डारीको शुभकामना सन्देश


बैशाख  १८, जापान। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नव सम्राट नारूहितोलाई शुभकामना सन्देश पठाउनु भएको छ । बुधवार जापानका नव सम्राट नारूहितोले राजगद्दी समालेकोमा  राष्ट्रपति भण्डारीले नारूहितोलाई शुभकामना सन्देश पठाउनु भएको नेपाली राजदूतावास जापानका उप नियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिनु भयो ।

सन् १९८९ मा गद्दी आरोहण गरेका अकिहितोले ३० वर्षपछि मंगलबार पद त्यागेका थिए । आफू वृद्ध भएको र अस्वस्थ भएको भन्दै अकिहितो गद्दी त्यागेपछि उनका छोरा नरुहितो जापानको नयाँ राजा बनेका हुन् । जापानमा नव सम्राटले राजगद्दी समाले संगै नव युगको शुरु हुने भएकोले जापानको समृद्धि संगै जापानी जनताको उन्नती र प्रगतीको कामना समेत राष्ट्रपति भण्डारीले पठाउनु भएको सो शुभकामना सन्देशमा उल्लेख छ। राष्ट्रपति भण्डारीले उक्त सन्देशमा नेपाल र जापान दुई देशका जनताबीच सदियौ देखि रहदै आएको पुरानो सम्बन्ध आगामी दिनमा अझ सवल र सुदृढ़ हुने विश्वास समेत गर्नु भएको छ ।

नव सम्राट नारूहितो जापानका १२६ औं सम्राट बन्नुभएको छ।

प्रकाशित: समय: 14:06:37  455पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार