पाँच दिने पोष्टबहादुर वोगटी स्मृती कृषि प्रदर्शनी मेला रानीपौवामा हुँदै ,मेलाको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री प्रचण्डले जेठ ४ गते समुदघाटन गर्ने :


नुवाकोट । कृषि पेशालाई आधुनिकीकरण ,यान्त्रीकिकरण र व्यवसायीकरण गरि कृषि उध्योगको विकास गरौं ,समृद्ध नेपाल र सुखी नेपालीको सपना सफल पार्न अगाडी बढौ भन्ने मुल नाराकासाथ यही जेठ ४ गते देखि पाँच दिने पोष्टबहादुर वोगटी स्मृति कृषि प्रदर्शनी मेला हुने भएको छ ।

मेला कृषि प्रदर्शनी ,उत्पादित अन्नपात ,बाली ,तरकारी ,विभिन्न परिकारका स्टल ,साँस्कृतिक कार्यक्रम हुने पाँच दिने मेलाको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा समुदघाटन हुने आयोजक संस्था पोष्टबहादुर वोगटी स्मृती प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको आयोजना र ककनी गाउँपालिकाको सह आयोजनामा रानीपौवा ककनी नुवाकोटमा हुने भएको छ ।

प्रकाशित: समय: 14:20:26  523पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार