श्री भैरव गणको स्वास्थ्य शिविर ,संखुस्थित मगर गाउँमाविमा वैशाख २० गते हुँदै :


तामाङपेज। दक्षिण ललितपुरको देवीडाँडामा तैनाथ रहेको नेपाली सेनाको श्री भैरव गणले गणको आसपासको क्षेत्रमा विभिन्न सामाजिक ,विकासमुलक कार्य गर्दै आएको छ ।

केही वर्ष अघि देखिनै नेपाली सेनाको श्री भैरव गणले वाग्मती-३ भट्टेडाडाको श्री सातकन्या आधारभुत विद्यालय,कोन्ज्योसोम -१ चौघरेको श्री वनस्पति आधारभुत विद्यालयमा बालमैत्री शौचालय र गोदावरी नगरपालिका -७ देवीचौरस्थित श्री भीमसेन आदर्श माविमा तीन कोठे बालमैत्री ,एक कोठे अपाङ्ग मैत्री शौचालय निर्माण गरी हस्तान्तरण ,सेना दिवसमा महाङकाल,कोन्ज्योसोम र वाग्मती गाउँपालिका भित्रका अन्तर माविस्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरी नेपाली सेना र स्थानिय जनताबीच भातृत्व सम्बन्ध गरेको छ ।

श्री भैरव गण ,देवीडाडा ,ललितपुरका गणपती तथा प्रमुख सेनानी रणबहादुर खडकाले यही वैशाख २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संयुक्त स्वास्थ्य शिविर ,संयुक्त साँस्कृतिक कार्यक्रम ,स्थानीय क्लवहरु र नेपाली सेनाबीच खेलकुद प्रतियोगिता,नेपाली सेना सम्बन्धि बृत्तचित्र प्रदर्शनी,हाम्रो फुलबारी कार्यक्रम अन्तर्गत कोन्ज्योसोम -२ संखुस्थित श्री मगरगाउँ माविको प्राङ्गणमा हुने बताउनु भएको छ ।

श्री भैरव गणले गर्न लागेको संयुक्त स्वास्थ्य शिविर र विभिन्न कार्यक्रममा सेवाग्राहीहरुलाई उपस्थित हुन कोन्ज्योसोम गाउँपालिका -२ वडा कार्यालय संखुले सबै स्थानीय संखु र आसपासका वासिन्दालाई खबर सूचना निमन्त्रणामार्फत अनुरोध गरेको कोन्ज्योसोम -२ का वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरेले जनाएका छन्।

प्रकाशित: समय: 13:59:43  1561पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार