बालुवाटार जग्गा खरिद विक्रि प्रकरणमा दोषी देखिएका जोसुकैलाई पनि कारबाही हुनुपर्छः नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषी भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियनले संखुवासभाको खाँदबारीमा गरेको पत्रकार भेटघाटमा नेता सिंहले बालुवाटारको सरकारी जग्गा खरिदबिक्री प्रकरणमा कांग्रेसका नेता मात्र होइन कुनै पार्टीका जोसुकै भएपछि कारबाही हुनुपर्ने बताए ।

उनले यसको निष्पक्ष तवरले छानविन गरेर कानुन बमोजिम दण्ड सजायँ दिनुपर्ने बताए । नेता सिंहले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए ।

सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको उनको भनाई थियो ।

प्रकाशित: समय: 8:18:41  350पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार