प्रथम सैलुङ महोत्सव सम्पन्न ,प्रदेश न.३ को नाम सैलुङ प्रदेश राख्नेमा अर्थ मन्त्री कैलाश ढुंगेलको जोड :


श्याम तामाङ,सैलुङ ,खोलाखर्क ,रामेछाप।दोलखाको सैलुङ ,मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाको संयुक्त आयोजनामा दोरम्बा गाउँपालिका वडा न.१ खोलाखर्कमा प्रथम सैलुङ महोत्सव आईतबार सम्पन्न भएको छ ।

शुक्रबार देखि शुरु भएको महोत्सव आईतबार प्रदेश न.३ का प्रदेश अर्थ मन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यमा सम्पन्न महोत्सवमा रामेछाप र दोलखा जिल्लाको तीन गाउँपालिकाको मात्र सैलुङ क्षेत्र नभै सिङ्गो नेपालको पर्यटकीय सैलुङ क्षेत्र भएको दाबी गर्नु हुदै प्रदेश नम्बर तीनको नाम प्रदेश सभामा सैलुङ प्रदेश राख्न प्रस्ताव लैजानेमा जोड दिनु भयो ।

अर्थ मन्त्री ढुंगेलले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति ,निकाय,कलाकार,स्थानीय सरोकारवाला संघ,संस्थाहरुलाई खादा,सम्मान तथा कदर पत्र समेत प्रदान गरेका थिए ।

ललितपुर क्षेत्र न.२(क) प्रदेश सभा साम्सद माधव पौडेलले आफूले सैलुङ क्षेत्रको सय थुम्काहरुलाई पटक पटक घुमेको अनुभव छ भन्नुहुदै यो सैलुङ क्षेत्र राष्ट्रको निधि भएको र सैलुङ क्षेत्रको विकास ,संरक्षण र सम्बर्द्धनको लागि एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

नेपाली काङ्ग्रेस रामेछापका युवा नेता केशव कुमार योन्जन तामाङले रामेछापको दोरम्बा र दोलखाको मेलुङ ,सैलुङ गाउँपालिका मिलेर सैलुङ क्षेत्रको विकासको लागि एकजुट भएर लागेको देख्दा खुशी लागेको बताउनु हुँदै सैलुङको विकासको लागि नेपाली काङ्ग्रेसले साथ दिने बताए ।

दोलखा जिल्ला,सैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले भगवान बुद्ध साङ्गे मार्मोछे,गुरु रेम्पोर्छे,शाक्यमुनी भगवान बुद्धले तपस्या गरेको स्थल हो भने महाभारत पर्वतको उच्च स्थल सैलुङ भएकोले महोत्सबको मुख्य उद्धेश्य सैलुङ क्षेत्रलाई स्वदेश तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन वैशाख १३ गतेदेखी १५ गतेसम्म महोत्सव आयोजना गरेको जनाए ।

प्रथम सैलुङ महोत्सव उदघाटनको दिन प्रतिनिधि सभाका साम्सद,पूर्व गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ रामेछाप ,प्रतिनिधि सभा साम्सद पार्वत गुरुङ,शान्ती पाख्रिन तामाङ दोलखा,पशुपती चौलागाई प्रदेश सभा साम्सद दोलखा ,शान्ता पौडेल प्रदेश साम्सद रामेछाप,पूर्व सभासदहरु डिल्लिमान तामाङ,तारानारायण श्रेष्ठ ,लक्ष्मी गुरुङ,रामेछाप प्रजिअ लिला केसि पाण्डे,रामेछाप जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोषकुमार भट्टराई,ईनिष्पेक्टर सानू तामाङ लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको सामाजिक अभियन्ता एबम स्थानीय युवा ताराबहादुर मोक्तान तामाङले बताए ।

दोलखा जिल्ला,मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले दोलखा र रामेछाप जिल्लालाई प्रदेश नम्बर तीनको उत्कृष्ट जिल्लाको रुपमा विकास गर्न माग गर्नुहुदै , सैलुङ क्षेत्रसम्म आउने तीनतिरको मोटर बाटो पिच गर्नुपर्ने,यस क्षेत्रका जनतालाई विकासको नाममा मोटर बाटो बाहेक केही नचाहिने र अरु विकासको जिम्मा रामेछापको दोरम्बा र दोलखाको मेलुङ ,सैलुङ गाउँपालिकाले गर्ने ठोकुवा गर्नुहुदै सैलुङ क्षेत्रमा प्लाष्टिक ,शिशाका बोतल ,सुर्ती जन्य पदार्थ प्रयोग गर्न निषेध गर्ने र सैलुङ महोत्सवलाई प्रत्येक वर्ष वार्षिक रुपमा पर्वको रुपमा मनाउने जनाए ।

महोत्सवमा करिव तीन दर्जनको सेरोफेरोमा राष्ट्रिय स्तरका कलाकारहरु सैलुङ खोलाखर्कमा पुगेका थिए । राष्ट्रिय कलाकारहरुमा जीवन शर्मा,कुन्ती मोक्तान,प्रेम लोप्चन,रोज मोक्तान,सुरवीर पण्डित (दारी बा) ,पल्पसा डङ्गोल (चम्सुरी),संजोक योन्जन ,टेक बलम्पाखी,शशिकला मोक्तान,लाक्पातेन्जी शेर्पा ,सीता थापा,प्रकाश कटुवाल,लोकेन लामा,केशर कालीकोटे,होमराज खपाङ्गीमगर ,अबिनाश घिसिङ,धावावाङ्गेल मोक्तान ,छेटुप लामा,टेक घिसिङ ,वैरागी मोक्तान ,मिलन मोक्तान,कुमार कार्की,पोङदिला च्याङबा ,सुनीता बल तामाङ,शुक्र दोङ ,डम्बर सिंजालीमगर,संजीव मगर ,सन्ध्या सुस्केरा,रबिता थापामगर ,प्रविण थपलिया ,सिजम सिंजालीमगर,हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका कलाकारहरुको नृत्य, हाँस्य तथा गायनको प्रस्तुतिले सैलुङ खोलाखर्क सङ्गितमय बनेको स्थानीय होमस्टे संचालिका दिलमाया मोक्तान तामाङले बताइन् ।

प्रथम सैलुङ महोत्सवको मुख्य आयोजक रामेछाप दोरम्बा गाउँपालिकाले बीस लाख ,दोलखाको मेलुङ र सैलुङ गाउँपालिकाले पाँच / पाँच लाख र अन्य व्यक्ति ,स्थानिय निकाय ,व्यवसायिक संघ,संस्थाहरुबाट गरि कुल पचास लाखको लागतमा आयोजित महोत्सवको मुख्य उद्देश्य भनेको सैलुङ क्षेत्रलाई स्वदेश तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार प्रसार गरि पर्यटकीय हब बनाउने लक्ष्य सैलुङ क्षेत्रको स्थानीय सरकारले लिईएको दोलखा सैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।

नेपाल पर्यटन वोर्डको प्रबर्द्धनमा,रामेछाप जिल्ला,दोरम्बा गाउँ पालिकाको मुख्य आयोजनामा आयोजित प्रथम सैलुङ महोत्सवमा चौरी गाईको दूध ,छुर्पी ,घिउ,आलुले सैलुङको झल्को,पहिचान दिईएको थियो ।

महोत्सव समापनका सभाअध्यक्ष दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिह मोक्तान तामाङको सभाअध्यक्षतामा सम्पन्न समापन समारोहमा गाउँपालिका अध्यक्ष तामाङले सैलुङ क्षेत्रको नाममा कोहि कसैले राजनितिक आस्थाको केन्द्र बनाउन नहुने ,यो सैलुङ क्षेत्र राष्ट्रको अस्तित्व हो सैलुङ कसैलाई दूध पिलाउने ,कसैलाई वीष पिलाउने सैलुङ होईन ,यो सैलुङ आम जनताको आधुनिक डिजिटल सैलुङ हो भन्नुहुदै सैलुङलाई फुटाउनेतर्फ नलाग्न चुनौती दिनु भयो ।

तीन दिने प्रथम सैलुङ महोत्सवमा रामेछाप ,दोलखा ,काभ्रे ,सिन्धुली ,सिन्धुपाल्चोक र विभिन्न स्थानका करिब करिब तीस हजार भन्दा बढी अवलोकनकर्ताहरुले सैलुङ महोत्सव र सैलुङ क्षेत्रको अवलोकन गरेको अनुमान रामेछापकी स्थानीय महिला सामाजिक अभियन्ता शुष्मा योन्जन तामाङले बताईन।

प्रकाशित: समय: 8:34:00  889पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार