संविधान गतिशील दस्तावेज भएकाले यसलाई संशोधन गरिने : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफूले पहल गर्ने बताएका छन् ।

मंगलबार मधेस तराई फोरम नेपालका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदे अध्यक्ष प्रचण्डले संविधान परिवर्तनीय विषय भएकाले संशोधनका लागि आफूले पहल गर्ने बताएका हुन् । उनले विगतमा पनि आफूले संविधान संशोधनका लागि पहल गरेको र संविधान गतिशील दस्तावेज भएकाले यसलाई संशोधन गरिने बताए ।

उनले दुई नम्बर प्रदेशको सरकारले तराईका जनताको हितमा काम नगरेको आरोप लगाए । उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेमात्र तराईको विकास हुने बताए । उनले तराईको गरिवी घटाउन बजेटमा विशेष प्याकेज ल्याइने जानकारी दिए ।

प्रकाशित: समय: 7:27:33  367पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार