लोक दोहोरी गायक सुमन चापागाँईको पहिलो नयाँ गिती कोसेली “पिपलु लाई वर छ”सार्बजनिक भएको छ।
नेपाली साँगीतिक बजारमा एकपछी अर्को गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यही क्रममा बैदेशिक रोजगारीको शिलशिलामा हाल दक्षिण कोरियामा रहेका सुमन चापागाईको पहिलो नयाँ गिती कोसेली सार्बजनिक भएको छ।
नेपाल देखीनै कलाकारीता क्षेत्रमा लागेका सुमन लोक दोहोरी प्रतिस्ठान दक्षिण कोरियाका सदस्य पनि हुन् ।लोक तथा दोहोरी क्षेत्रमा प्रदेशमै भएपनि केही योगदान दिने उद्देश्यले उनले आफ्नो पहिलो लोक दोहोरी गित “पिपलु लाई वर छ” सार्वजनिक गरेका हुन् ।
मालश्री रेकर्डिङ्ग स्टुडियो काठमाडौं र बबलगम रेकर्डिंग स्टुडियो कोरियामा रेकर्ड गरिएको गीतमा शब्द तथा स्वर सुमन चापागाँईकै रहेको छ भने गायिका सम्झना भन्डारीले स्वरमा दिएकी छिन्।
करन चैसिरको छायाङ्कन रहेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।
चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेको भिडियोमा खेम सेन्चुरीको संगीत तथा बिनोद बाजुरालीको एरेन्ज रहेको छ।