द्वन्द्वपीडित र अधिकारकर्मीद्वारा माइतीघर मण्डलामा प्रदर्शन


द्वन्द्वपीडित समाज तथा मानवअधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले दुवै आयोगमा पदाधिकारी चयन गर्न सिफारिस समिति बनाएर काम गरिरहेका बेला सोमबार द्वन्द्वपीडित र अधिकारकर्मीहरुले ऐन संशोधन गरेर मात्र पदाधिकारी नियुक्त गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् ।

सर्वोच्च अदालतले समेत ती आयोगको ऐन संशोधनका लागि आदेश दिएको भन्दै उनीहरुले आदेश कार्यान्वयन गर्न दबाब दिएका छन् । धर्नाका सहभागीहरुले ऐन संशोधन बिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने बताएका छन् ।

प्रकाशित: समय: 6:34:44  667पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार