युवा र प्रविधि बिना समृद्धि असम्भव – सांसद सापकोटा


तामाङपेज, भक्तपुर। प्रतिनिध सभा सदस्य माननीय अग्नि प्रसाद सापकोटाले युवा र प्रविधिको संगसंगै सही परिचालन नभए विकास र समृद्धि सम्भव नहुने बताए । सिद्धार्थ युवा क्लबद्धारा भक्तपुरमा आयोजना गरिएको नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान तथा क्यालेण्डर र वेबसाइट विमोचन कार्यक्रमको प्रमुख अतिथि एवम् सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वचित सापकोटाले विश्वका विकसित भनिएका मुलुकहरु प्रविधिमा भएको विकास र सदुपयोग सही ढंगले भएपछि सम्भव भएको बताए ।

नेपालमा पनि समय अनुसार विज्ञान र प्रविधिको विकास भइरहेको तर यसलाई सहि रुपमा प्रयोग गर्न नसक्दा सोचे भन्दा कम गतिमा समृद्धिको यात्रा आगाडि बढिरहेको पनि उहाले बताए । कार्यक्रमका विशेष अतिथि पुर्व सभासद एवं तामाङ मुक्ति मोर्चा तथा तामाङ घेदुङका केन्द्रिय सल्लाहकार दावा तामाङले सिन्धुपाल्चोक जिल्लाको यस लिसंखु पाखर गाउँपालिकाले यस गाउँपालिकाको मुडे क्षेत्रमा उत्पादन हुने आलु राजधानीमा ब्राण्डको रुपमा स्थापित भइ अत्याधिक माग समेत रहेकोले कृषि र पर्यटन यस गाउँपालिकाको विकासको आधार रहेको हुदा युवाहरु विशेष गरि सामाजिक क्षेत्रको विकास संगसगै कृषि र पर्यटनमा संगठित भइ अघि बढ्नु पर्ने बताए । साथै यस सिदार्थ युवा क्लबमा आवद्ध युवाहरु पनि त्यस क्षेत्रमा लाग्न सुझाब समेत दिए ।

क्लबद्धारा आयोजना गरिएको सो कार्यक्रममा अतिथिको रुपमा उपस्थित लिसंखु पाखर गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष समेत रहेका युवा नेतृत्व श्री कुमार लामा ले विकास र समृद्धि केबल भौतिक रुपमा भएको विकास मात्र नभइ सामाजिक क्षेत्रको पनि संगसंगै विकास हुनुपर्ने हुँदा क्लबले यस्ता खालका कार्यक्रम बनाए स्थानिय सरकारको रुपमा रहेको गाउँपालिकाको सधै साथ रहने बताए । साथै उहाले आफु पनि युवाहरुकै साथ र सहयोगमा युवा उमेरमै स्थानिय सरकारको नेतृत्वमा पुग्ने अवसार पाएको हुदा युवाहरुको समग्र विकासका लागि सधै साथ रहने समेत वताए । कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न क्लब तथा सामाजिक संघसंस्था एवम् राजनीतिमा लागेका युवाहरुले पनि शुभकामना सहित मन्तव्य राखेका थिए ।

सिन्धुपाल्चोक लिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा वि.सं २०६४ मा विधिवत स्थापना भइ विशुद्ध सामाजिक, साँस्कृतिक, शैक्षिक, खेलकुद एवम् नेतृत्व विकास गर्नका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको यस क्लबले समय अनुसार विज्ञान र प्रविधिसंग पनि युवाहरुलाई संलग्न गरी युवा र विकाससंग सम्बन्धित सुचना आदान प्रदान गर्ने उदेश्यका साथ आफ्नै वेबसाइट बनाएको क्लबका वर्तमान अध्यक्ष दावा छिरिङ लामाले बताए ।

 

प्रकाशित: समय: 4:13:51  769पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार