कालेश्वर महादेव मन्दिरमा सरसफाई :


श्याम ङेसुर तामाङ,ललितपुर। महाङकाल गाउँपालिका-३ गोटिखेलमा रहेको प्रसिद्ध कालेश्वर महादेव मन्दिरको शुक्रवार नेपाली काङ्ग्रेस ललितपुर क्षेत्रीय सचिव सुन्दर तामाङको नेतृत्वमा गएको युवाहरुको टोलिले सरसफाई गरेको छ ।

कालेश्वर महादेव मन्दिरमा चैत्र पूर्णिमा र पूर्णिामाको भोलि पल्ट लाग्ने कालेश्वर जात्रामा आईपुगेका भक्तजनहरुको चापकाकारण मन्दिर वरिपरि थुप्रिएको प्लाष्टिक,फोहोरहरु संकलन गरेर सरसफाई गरेको नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव तथा युवा नेता सुन्दर तामाङले बताए ।

नेपाल तरुण दलका महाङकाल गाउँ पालिकाका सभापती जिरमान स्याङतान ,प्रविण तामाङ लगायतका युवाहरु कालेश्वर मन्दिर सरसफाईको लागि पुगेका थिए ।


प्रकाशित: समय: 1:32:08  1088पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार